arrow

जिम्मेवारी पूरा गर्न नसके पाँच वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य – एनपी साउद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
np-saud-2079-07-15.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एनपी साउदले चुनाव जितेर जिम्मेवारी पूरा गर्न नसके पाँच वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका छन् । 

कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जितेर पनि जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका हुन् । 

नेता साउदले आफूले चुनाव जितिसकेपछि क्षेत्र नम्बर २ का जनताले विकासको चिन्ता गर्नु नै नपर्नेसमेत जिकिर गरे । ‘तपाईंहरुले एकचोटी जिताइसकेपछि विकासका बारेमा थप चिन्ता, फरक चिन्ता लिनुपर्ने छैन । तपाईहरुले तपाईंको चिन्ता मलाई सुम्पिनु भो,’ उनले भने, ‘त्यसपछि मैले आफ्नो कर्तव्य पूरा गर्न सकेन भने मलाई आगामी ५ वर्षपछि जे निर्णय गर्नुहोला त्यो मलाई स्वीकार हुनेछ ।’ 

नेता साउदले वर्तमान सत्ता गठबन्धनले आगामी ५ वर्षसम्म स्थिर सरकार दिनेसमेत दाबी गरे । सरकारको नेतृत्वकर्ता दल परिवर्तन भए पनि वर्तमान गठबन्धनकै दलबाट प्रधानमन्त्री हुने उनले बताए ।  

‘आगामी ५ वर्षसम्म हामी एउटा स्थिर सरकार दिनेछौं। गठबन्धनभित्र एउटा प्रधानमन्त्री परिवर्तन हुन सक्छ,’ साउदले भने, ‘तर सहभागी दलहरु त्यहीँ रहने छन् । हाम्रो गठबन्धन टुट्ने छैन । हामी गठबन्धनलाई नै अगाडि बढाएर लैजाने छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ