arrow

घरदैलोमा रामचन्द्र : भने - गत निर्वाचनमा भ्रम फैलिएका कारण चुनाव हारे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
ramchandra-poudel2.jpg

काठमाडौं । मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तिहार अगाडि एक चरणको घरदैलो सकका तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले शुक्रवार मात्रै पुनः गृह जिल्ला आएर घरदैलोलाई निरन्तरता दिएका छन् ।

गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यस पटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरेका छन् ।

“गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन”, पौडेलले भने । पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताए । “विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।” 

“अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको छ, कांग्रेसको नेतृत्वमा विकास सम्भव छ”, पौडेलले भने । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ