arrow

राष्ट्रवादको चर्को नारा लाउने लिङदेनले बनाए भारतीय नागरिक साहलाई पर्सा २ को उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
rajendra-madheshi.jpg

वीरगन्ज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा राष्ट्रवादको चर्को नारा घन्काउने राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतीय नागरिकलाई नै उम्मेदवार बनाएको पाइएको छ । भारतको विहार राज्य सितामढी जिल्ला बेल निवासी नरेश साहलाई पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएर राप्रपाले राष्ट्रवादको खोक्रो नारा लगाएको पुष्टि भएको छ ।

२०६३ सालको नागरिकता टोलीबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृह मन्त्रालयमा सिफारिस गरिसकेको अवस्थामा राप्रपाले निजलाई उम्मेदवार बनाएको हो ।

एकातिर राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा लिएर जनतामा हिँडेका छन् भने अर्कोतिर भारतीय नागरिकलाई उम्मेदवार बनाएर सांसद र मन्त्री बनाउने योजनामा जुटेको विषयले पर्सा जिल्लामा चर्चाको विषय बनेको छ ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना हुनुपर्ने मुद्दा लिएर मत माग्न जनता माझ हिँडेका राप्रपाका उम्मेदवारहरूलाई भारतीयलाई सांसद र मन्त्री बनाउन किन मत दिने भनी प्रश्न उठ्न थालेको छ ।

आम जनताका साथै बुद्धिजिविवर्गमा राप्रपाको राष्ट्रवाद भारतीय नागरिकलाई नेपालको सांसद र मन्त्री बनाउने नै हो भन्ने प्रश्न उठेको हो । चुनावी सरगर्मी बढेसँगै पर्सा जिल्ला सदरमुकामका साथै ग्रामीण भेगको चोक चौराहा तथा चिया पसलमा हिजो आज कुन दलको कस्तो उम्मेदवार छन् त्यसकै लेखा जोखा हुने गरेको पाइन्छ । यी नै लेखा जोखाका क्रममा राप्रपाको भारतीयलाई सांसद बनाउने कस्तो राष्ट्रवाद हो भन्ने प्रश्न उठ्ने गरेको हो।

भारतीय नागरिकलाई उम्मेदवार बनाएकै कारण अहिले राप्रपा र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनप्रति आम जनमानसमा घृणा बोध पाइन्छ । राप्रपा उम्मेदवार नरेश साह स्वयंले आफू भारतमा जन्म भएको भनी जिल्ला प्रशासन कार्यालयमा बयान दिएका छन् भने आफ्नो फेसबुक मार्फत समेत भारतीय भएको स्वीकार गरी सकेको अवस्थामा राप्रपाले तिनलाई उम्मेदवार बनाउनु कस्तो राष्ट्रवाद र केको लोभ हो भन्ने प्रश्न पनि जन–जनमा उठ्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ