कश्मीरमा विद्रोहीद्वारा दुई आप्रवासी कामदारको हत्या
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
660
Shares
काठमाडौं । भारतकाे कश्मीरस्थित शोपियान जिल्लामा आतंकवादीहरूले दुई आप्रवासी मजदूरकाे हत्या गरेका छन् । आप्रवासी रहेको घरमा ग्रेनेड प्रहार गर्दा दुवै जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले मंगलबार जनाएको छ ।
नयाँ दिल्लीले सन् १९८० को दशकको उत्तरार्धदेखि विवादित हिमाली क्षेत्रमा इस्लामी पृथकतावादी विद्रोहीसँग लड्दै आएको छ। गत हप्ता सोही जिल्लामा एक हिन्दू किसानलाई आतंकवादीहरूले गोली हानी हत्या गरेपछि आप्रवासी कामदारहरूमाथि आक्रमण भएको हो।
उत्तरी राज्य उत्तर प्रदेशका मजदुरहरूलाई सोमबार राति दक्षिणी कश्मीरमा भाडामा लिएको घरमा आक्रमण गरिएको कश्मीरका प्रहरी प्रमुख विजय कुमारले रोयटर्सलाई बताएका छन् ।
गम्भीर घाइते भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो तर पछि मृत्यु भएको कुमारले बताएका छन् ।