arrow

लमजुङको हर्सिङडाँडा पर्यटकीय गन्तव्य

logo
रासस
प्रकाशित २०७९ असोज २८ शुक्रबार
Harsing danda lamjung.jpg

लमजुङ । राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङ मर्‍स्याङ्दी गाउँपालिका वडा नं ३ हर्सिङडाँडा पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ ।

हर्सिङडाँडामा आन्तरिक पर्यटक घुम्नफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको हो ।

ऐतिहासिक एवं पर्यटकीय स्थलमा गत वर्ष दैनिक एक सयदेखि दुई सय जना पर्यटक आउने गरेको र यस वर्ष पनि वर्षा सकिनासाथ दैनिक ४० जनाको हाराहारीमा पर्यटक आउन थालेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङ बताउछन् ।

अब विस्तारै मौसम खुल्दै जान थालेपछि र बाटासमेत राम्रो भएकाले पर्यटकको आवागमन बढ्ने स्थानीय सुरज गुरुङले बताउछन् । कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भएसँगै यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको हो । 

यस डाँडाबाट मर्‍स्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरालगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, दक्षिण एशियाकै नमूना घलेगाउँ डाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मर्‍स्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनासलु रेन्स, बुद्ध हिमाललगायतका अवलोकन गर्न सकिन्छ । 

विसं १८०२ मा खुदीको ढंगैवेशीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउने, छेलो हान्ने गरेको स्थानीयको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीयस्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकारवाला एकजुट हुनुपर्ने मर्‍स्याङ्दी गाउँपालिका-३ का निर्वतमान वडाध्यक्ष प्रेमबहादुर बस्नेत बताउछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ