arrow

हेलिकप्टर हुम्ला नपुग्दा पविताको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार

कालिकोट । चार दिनदेखि  रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर  हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । 

छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । 

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । 
मौसमका  सुधार नआएपछि हेलिकोप्टर पुनसुर्खेतमै फिर्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ