arrow

शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
satyamohan-Joshi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । 

सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक शुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । मुटुको चालसम्बन्धी समस्या देखा परेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ