arrow

अन्तिममा उपेन्द्र ओलीकै शरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
oli-yadav.jpg
फाइल तस्बिर

काठमाडौं। मधेसका जनताको नाममा राजनीति गर्ने र अन्तिममा मधेसी जनतालाई नै धोका दिँदै आएका अवसरवादी नेता उपेन्द्र यादवले पनि अन्तिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शरण खोजेका छन्। 

यसअघि पनि उनलाई एमालेसँग मिल्‍नका लागि चर्को दबाब परेको थियो। उक्त दबाबलाई थेग्‍न नसकेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँटफाँटको विषयलाई मुद्दा बनाएर ओलीको शरणमा जाने योजना अघि  सारेका हुन्। 

एमसीसी पारित गर्दा सहयोग गरेको भन्दै उपेन्द्र यादवसँग रुष्ट बनेको चीनले उनलाई तत्काल नेकपा एमालेसँग मिल्‍नका लागि दबाब दिएको स्रोतहरुले जनाएको थियो। मधेसमा चिनियाँ प्रभावलाई विस्तार गर्न नसकेको आरोप पनि यादवमाथि लाग्दै आएको थियो। 

यी सबै आरोपहरुको सफाइ दिनका लागि उनले सत्ता गठबन्धनमा रहेको भागबण्डाको कुरालाई नै मुद्दा बनाएर ओलीसँग मिल्‍नसक्ने योजना अघि सारेका हुन्। तर, ओलीसँग मिल्‍नका लागि उनलाई त्यति सहज भने देखिँदैन।

नेकपा एमालेसँग तालमेल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि तयार नभएपछि जसपासँग एमालेले हात अघि बढाएको हो। 

२५ सिटको अडानमा रहेको जसपालाई कांग्रेस र माओवादी भनेजति दिन तयार छैनन्। यस्तो अवस्थामा उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिरहेका छन्।

यस्तोमा यदि मागेजति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धनबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ