arrow

तीन प्रदेशका केही स्थानमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
climate.jpg

काठमाडौं । आज देशभरका स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा को सामान्य प्रभाव रहेको छ ।  हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ