arrow

‘पर्यटनमा कला, साहित्य, संस्कृति, सम्पदा र वातावरणको महत्वलाई उजागर गर्दै प्रवर्द्धन गर्न आवश्यक’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
Manibhadra sharma.jpg

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र कँडेलले पर्यटन विकासका लागि नविनतम सोच र साझा भावना आवश्यक रहेको बताएका छन् । 

४३ औं पर्यटन दिवसको अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले लेकसाइडमा आयोजना गरेको एकदिने मिनी महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री कँडेलले आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको जनाउँदै पर्यटनलाई जीवन पद्धतिसँग जोडेर लैजानुपर्ने बताए । 

पर्यटनमा कला साहित्य संस्कृति सम्पदाको, वातावरणको महत्वलाई उजागार गर्दै प्रवर्द्धन गर्न आवश्यक रहेको जनाउँदै पर्यटनमा नयाँ सोचको विकास गर्न आवश्यक रहेको धारणा राखे । पर्यटन विकासका लागि सरोकारवाला बीच समन्वय र सहकार्यबाट खाँचो औल्याउँदै उनले गण्डकी प्रदेशले पर्यटन विकासका लागि सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध भएको स्पष्ट परे । 

रेवानका कार्यवहाक अध्यक्ष विश्वराज पौडेलले रेवान पोखराले गर्दै आएको सडक महोत्सव पोखराको पर्यटन विकासका लागि महत्वपूर्ण रहेको बताए । उनले कोरोना पछिको पर्यटनले केहि गति लिन थालेको जनाउँदै पर्यटनमा दीर्घकालिन पर्यटन नीति र पर्यटन मैत्री वातावरणको अपरिहार्यतामा जोड दिए । मन्त्री शर्माले पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाइ यातायात विकास गरी थप सुरक्षित स्तरीय भरपर्दो बनाउन आवश्यक रहेको बताए । 

रेवानका महासचिव एवं कार्यक्रम संयोजक विकास भट्टराईले ‘पर्यटनमा पुनर्विचार गरौं’ भन्ने नारासहित आयोजना गरिएको मिनि महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत र जातीय भेषभूषासहितको सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चेबाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिने कार्यक्रम  तय भएपनि प्रतिकुल मौसमका कारण केही कार्यक्रम प्रभावित भएको बताए । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, निर्वतमान अध्यक्ष गोपीबहादुर भट्टराई, रेवानका पूर्व अध्यक्ष लक्ष्मण बराल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा लगायत विभिन्न पर्यटन समबद्ध संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ