arrow

दशैंको मुखमा शोकमा डुब्यो जलबाङ गाउँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
accident-final.jpg

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेकाहरू विवाहमा सहभागी भएर फर्किएको बताइएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । 

बाँकेको ढकेरीबाट जलबाङ जाँदै गरेको जीप कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा सात जना कपूरकोट-६ जलबाङका र एक जना रिमका रहेका छन् । 

मृत्यु हुनेमा जलबाङका जितबहादुर बोहरा, धर्म ओली, टोपबहादुर ओली, वसन्त ओली, सुरेश खत्री, खुमलाल ओली, कुमारी ओली र रिमका ललित ओली रहेका छन् । भने तिलक ओलीको उपचार भइरहेको छ । 

मृत्यु हुने आठै जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दशैंको मुखमा भएको दुर्घटनाले जलबाङ गाँउ शोकमा डुबेको छ । मृत्यु हुनेमा अधिकांश ओली परिवारका रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ