अमेरिकी दस्ताबेज सार्वजनिक गर्ने स्नोडेनलाई पुटिनले दिलाए नागरिकता
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
1.1k
Shares
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि अमेरिकाका गोप्य दस्ताबेजहरू सार्वजनिक गरेका एडवर्ड स्नोडेनलाई रुसी नागरिकता दिइएको छ ।
स्नोडेनले सन् २०१३ मा अमेरिकाका गोप्य भनिएका दस्ताबेज सार्वजनिक गरेका थिए । दस्ताबेजहरूमा अमेरिकाका गुप्तचरहरूले अन्तर्राष्ट्रिय स्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने खुलाइएको छ ।
यता स्नोडेनको राहदानी र नागरिकता अमेरिकी सरकारले खारेज गरेको छ। उनी अमेरीकी निजी कम्पनीमा काम गर्थे । रुसले उनलाई सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो ।