arrow

जनकपुरधाममा दशैंको विशेष रौनक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
Janakpur.jpg.jpeg

जनकपुरधाम । जनकपुरधाममा दशैंको विशेष रौनक छाएको छ । जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरूलाई नयाँ बेहुली झैँ श्रृङ्गारिएका छन् । 

दशैंमा श्रद्धालुको केन्द्र बिन्दुको रूपमा रहेको राजदेवी मन्दिरसहित बौधीमाई, अन्नपूर्णा, देवीचौकमा रहेको भगवती मन्दिर, पियरिया माइस्थानलगायत शक्ति पीठहरूलाई विशेष रूपमा सजाइएका हुन् ।

दशैंको पहिलो दिनदेखि सबै मन्दिरमा पूजापाठ गर्नका लागि बिहानदेखि भीड लागेको हो ।  राजदेवी मन्दिर क्षेत्रको सरसजावटमा महावीर युवा कमिटीले विगत वर्ष झैँ यसवर्ष पनि लाखौँ रकम खर्च गरिएको  छ । राजदेवी मन्दिरमा विशेष पूजा तथा भाकलअनुसार बोका बलिको व्यवस्थापन समितिले गर्दै आएको छ । 

राजा जनकको कूल देवताको रूपमा माता राजदेवीलाई मानिन्छ । जनकपुरधामको रामानन्द चोक तथा विद्यापति चोकमा माटोको आकर्षक एवं भव्य प्रतिमा बनाएर विधिवत् रूपमा घटस्थापना गरेर दशैं पूजा सुरु भएको हो । 

श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको र  भीडलाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ