किरणको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा, अब्दुल्लाहले हटाएका खेलाडी हुमागाईंको रोजाइमा
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
2.3k
Shares
काठमाडौं । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।
नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका छन् ।
यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
नेपाली टिममा रेजिन सुब्बाले गरिब डेढ वर्षपछि कमब्याक गरे । यस्तै, पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादका कारण बाहिर राखेका खेलाडीले कमब्याक गरेका छन् ।
यता, निवर्तमान कप्तान नवयुग श्रेष्ठलाई भने हुमागाईँले टिममै पारेनन् ।
नेपाली टिम
गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु