arrow

करणीको प्रयासमा रिजालले लिस्नुबाट झारिदिए बालिकालाई

नाबालिका करणीको प्रयासमा समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
rijal.JPG

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयासमा स्थानीय अन्दाजी ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।

५ कक्षामा पढ्दै गरेकी बालिकालाई पटक-पटक बलात्कारको प्रयास गर्न खोज्ने युवराज रिजालले गत भाद्र १८ गते पनि करणी गर्ने उद्देश्यले बालिकालाई आक्रमण गरेपछि घटना सार्वजनिक भएको हो ।

पीडित बालिकाका दाजुका अनुसार बालिकालाई पटक-पटक बलात्कार गर्ने प्रयास गरिएको थाहा हुन आएको बताए । गत भाद्र १८ गतेका दिन पनि आरोपित रिजालले बलात्कार गर्ने प्रयास गरेको जानकारीमा उल्लेख छ ।

'सोही क्रममा बालिका फुत्केर भाग्न खोज्दा रिजालले लिस्नुबाट झारिदिएकोले बालिकालाई चोट लाग्न पुगेको थियो । त्यसपछि चोटपटक लागेको देखेर हामीले सोधी खोजी गर्दा मात्र बलात्कार गर्न खोजेको बारेमा थाहा भयो । हामीले थाहा पाउने बित्तिकै दमक गएर प्रहरीलाई जाहेरी दियौँ' , पीडित बालिकाका दाजुले भने ।

घटनाबारे इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलीप गिरीका अनुसार घटनाबारे मुद्दा दर्ता भैसकेको बताए । आरोपीलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरेर ल्याइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ