नेपाल र बंगलादेश मैदानमा, नेपाललाई कीर्तिमान राख्ने अवसर
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
1.4k
Shares
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीचको खेल भइरहेको छ ।
दशरथ रंगशालामा शुरु भएको खेलमा नेपालको शुरुआती ११ मा मुख्य प्रशिक्षक कुमार थापाले सावित्रा भण्डारी साम्बालाई राखेका छैनन् । डेंगीले गर्दा पछिल्ला खेलमा खेल्न नसकेकी साम्बाले यो खेलमा पनि खेल्ने टुङ्गो छैन ।
गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु, दिपा शाही, प्रिती राई र रश्मीकुमारी घिसिङ मैदानमा रहेका छन् ।
नेपाल पाँचौं पटक फाइनल खेलिरहेको छ । पहिलो उपाधि जित्नका लागि नेपाललाई राम्रो अवसर रहेको छ । नेपालले यसअघि चार पटक फाइनल भारतसँग हारेको थियो ।