खेलाडी जर्मनप्रीत सिंहको गाउँमा हक्की मैदान बनाइने
एजेन्सी,
प्रकाशित २०७९ भदौ २२ बुधबार
1.1k
Shares
अम्रितसर। क्याबिनेट मन्त्री हरभजन सिंह ईटीओले हक्की खेलाडी जर्मनप्रीत सिंहलाई शुक्रवार अमृतसरको राजधन गाउँमा रहेको उनको निवासमा राष्ट्र मण्डल खेलहरूमा उनको प्रदर्शनको लागि सम्मान गरेका छन्।
जर्मनप्रीतलाई स्मृति चिन्ह र सिरोपा प्रदान गरेपछि हरभजन सिंह ईटीओले गाउँका धेरै युवाहरूलाई हक्की खेल्न प्रोत्साहित गर्न राजधानमा एक सुसज्जित हक्की मैदान निर्माण गरिने घोषणा गरे। 'विभिन्न खेलकुदमा ठूलो योगदान गर्ने र पदक जित्ने जिल्लाका जर्मनप्रीत जस्ता खेलाडीहरू धेरैका लागि प्रेरणा हुन्,' हरभजनले भने।
उनले छिट्टै पञ्जाबस्तरिय खेलकुद मेला आयोजना गर्ने घोषणा गरे, जसमा विभिन्न खेलकुद इभेन्ट र विधामा प्रतिस्पर्धा हुनेछ। प्रत्येक प्रतियोगिताको विजेता टोलीले नगद ५ करोड पुरस्कार प्राप्त गर्नेछ।
'यो खेल मेला गाउँका युवाहरूको सीप पहिचान गर्न, खेलमैत्री वातावरण सिर्जना गर्न र स्वास्थ्य चेतना जगाउने उद्देश्यले डिजाइन गरिएको हो, जसबाट भविष्यका जर्मनप्रीत सिंह जस्ता खेलाडीहरू जन्मिनेछन्,' ईटीओले भने।
उनले यस खेल मेलामा गाउँका युवाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे। अनलाइन पोर्टल मार्फत यो दर्ता भदौ २५ गतेसम्म गर्न सकिने उनले बताए।