arrow

सुनको मूल्य घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
gold-final-2022.jpg

काठमाडौं । सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ