arrow

चलखेलको आरोप लागेका अर्का न्यायाधीश बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
judicial-council-in-nepal.jpg

काठमाडौं । आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमीको आरोप लागेका बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई न्याय परिषद्ले पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । 

मङ्गलवार बसेको बैठकले कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको हो।

यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमी भएको उल्लेख गर्दै सुधार गर्नका लागि सचेत गराएको थियो। 

न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो।

यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कमी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ