arrow

सीपीसीको २०औँ महाधिवेशन अक्टोबर १६ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
cpc-china.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को बीसौं राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि बेइजिङमा आयोजना गर्ने तय भएको छ। मंगलबार बसेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले यस्तो निश्कर्ष निकालेको हो । 

चिनियाँ विज्ञहरूले कोभिड–१९ महामारी जस्ता प्रभावका बाबजुद पनि महाधिवेशनको तयारी सफल भएको प्रमाणित गरेको र आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको रोडम्याप प्रस्तुत गर्ने महत्वपूर्ण घटनाले विश्वव्यापी ध्यानाकर्षण हुने बताएका छन् । यो अवधिलाई बिशेषरुपमा हेरिने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीपीसीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ राष्ट्रिय महाधिवेशनको तयारीकाबारेमा छलफल गरेको थियो ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक अक्टोबर ९ तारिखदेखि बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले आगामी अक्टोबर १६ तारिखदेखि बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन बोलाउनको लागि पूर्ण बैठकमा प्रस्ताव गर्नेछ।

सम्पूर्ण पार्टी र सिङ्गो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएको बताइएको छ । चीनले दोस्रो शताब्दी लक्ष्यतर्फ अघि बढेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको महान् झण्डा बोकेर मार्क्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र नयाँ युगको लागि चिनियाँ समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ