arrow

राप्रपा नेपाल मुस्ताङमा धोचीङ गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
Dhoching gurung mustang.jpg

पोखरा । राप्रपा नेपाल मुस्ताङको अध्यक्षमा धोचीङ गुरुङ चयन भएकी छन् । पार्टीको जिल्लास्तरीय भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । 

पार्टीको जिल्ला उपाध्यक्षमा डा. मञ्जिला शेरचन, सुरेन्द्र गुरुङ छन् भने सचिवमा मनिष शेरचन, कोषाध्यक्षमा अमिता गुरुङ छन् । 

यसैगरी जिल्ला सदस्यमा पेम्व गुरुङ, कान्छी गुरुङ, गोविन्द प्रसाद शेरचन, मञ्जिर शेरचन, पासाङ गुरुङ, छिरिङ आङ्मो गुरुङ र करसाङ गुरुङ छन् । 

योसंगै गण्डकी प्रदेशको सबै जिल्लामा पार्टीको संगठन विस्तार सकिएको, भातृ संगठन विस्तार र चुनावको तयारी भइरहेको केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ