arrow

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मुस्ताङमा कर्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
Karma dolker gurung mustang.jpg

पोखरा । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मुस्ताङको अध्यक्षमा कर्म डोल्कर गुरुङ निर्वाचित भएकी छन् ।

गत साउन २४ गते सम्पन्न जिल्ला स्तरीय भेलाले कर्मलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

यसैगरी संगठनको सचिवमा आकृति शेरचन, सहसचिवमा पासाङ गुरुङ, कोषाध्यक्षमा धनकुमारी शेरचन छन् । 

यस्तै, सदस्यहरुमा कान्छी गुरुङ, अमिता गुरुङ, ल्हेन्चोम गुरुङ, गौरी नेपाली, माया शेरचन र शलिष्मा थकाली रहेको राप्रपा नेपालका जिल्ला अध्यक्ष धोचीङ गुरुङले जानकारी दिए । 

राप्रपा नेपालले देशभर पार्टीको संगठन विस्तार तीव्र रुपमा अघि बढाएको र आशन्न निर्वाचन केन्द्रित कार्यक्रमहरु पनि गरिरहेको केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ