arrow

मध्यरातमा आगलागी हुँदा ३० लाख बराबरको क्षति

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ भदौ १२ आइतबार
hgauradaha-aaglagi.jpg

झापा । झापाको गौरादह वडा न २ बजार लाइनमा सञ्चालित एक फर्निचर कारखानामा शनिवार मध्यरातमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षति भएको छ । 

स्थानीय मेडिम्याक्स अस्पतालको सामुन्ने रहेको फर्निचर व्यवसायी सुरेश तिवारीको फर्निचर कारखानामा शनिवार मध्यरातमा आगलागी भएको स्थानीयले जनाएका छन् ।

आगलागी भएको जानकारी प्राप्त भए लगत्तै गौरादह नगरपालिकाको वारुण यन्त्रले आगजनी नियन्त्रणमा लिएको बताइएको छ। बिद्युत्को तार सट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। 

आगलागीबाट करिब २५ देखि ३० लाखको क्षति भएको फ्याक्ट्री सञ्चालक सुरेश तिवारी बताउँछन्।  'स्थानीय छरछिमेकले हो-हल्ला गरेपछि हामी त्यहाँ पुग्यौँ, पुरै सामान जलेर नष्ट भइसकेको रहेछ।' , सञ्चालक तिवारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ