arrow

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
muslim-aayog-bri-cancelled-agitation.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म युवा विभागले सयौँको संख्यामा सहभागी भएर र्याली निकालेको हो ।

विरोध र्याली माइतीघर मण्डलाबाट शुरु भइ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले जिहादी प्रवद्र्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दूराष्ट्र कायम गर, चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका थिए ।

युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गरे ।

त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशीलगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ