एकैदिन उपत्यकामा २९ सय ३० सवारी चालकमाथि कारबाही, मापसे गर्नेमात्रै एक सय ४२
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
1.3k
Shares
तस्बिर– फाइल
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।