पेलोसी फर्किएको १२ दिनपछि थप अमेरिकी सांसदहरू ताइवानमा
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
1.3k
Shares
काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित बनाउँदै ताइवानको भ्रमण गरेको १२ दिनपछि अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान भ्रमणमा पुगेको छ। पेलोसीको भ्रमणको जवाफमा चीनले ताइवान वरपरको समुद्र र हावामा मिसाइल, युद्धपोत र युद्धक विमानहरूसहितको सैन्य अभ्यास गरेको थियो।
म्यासाचुसेट्सका डेमोक्र्याटिक सेन एड मार्केलेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डलले एसिया भ्रमणको एक हिस्साको रूपमा आइतबार र सोमबार ताइवानमा रहेने भएको ताइवानको अमेरिकी संस्थानले बताएको छ।
उनीहरूले वरिष्ठ नेताहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी र अन्य विषयमा छलफल गर्नेछन्।
एक ताइवानी प्रसारकले ताइवानको राजधानी ताइपेईको सोङ्गशान एयरपोर्टमा अमेरिकी सरकारी विमान स्थानीय समय अनुसार बेलुका ७ बजे अवतरण गरेको भिडियो देखाएको छ।
चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ र यससँगै कुनै पनि बाहिरी संलग्नताको चीनले अस्वीकार गर्ने गर्छ।