arrow

हरिणको आक्रमणबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
death photo.jpg

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नं. ८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ