arrow

ताइवानले पनि शुरु गर्‍यो युद्ध अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
China-Taiwan-Conflict.jpg

काठमाडौं ।  चीनले सोमबार ताइवानको समुद्री र हवाई क्षेत्रमा नयाँ युद्ध अभ्यास गर्ने घोषणा गरेपछि ताइवानले पनि  युद्ध अभ्यास सुरु गरेको बताइएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानले चिनियाँ आक्रमणबाट आफूलाई बचाउन युद्ध अभ्यास सुरु गरेको हो । 

ताइवानका आठौं आर्मी कोर्प्सका प्रवक्ता लु वोइ-जेले दक्षिणी पिङटुङ काउन्टीमा तोपखाना र हतियार अभ्यास सुरु भएको पुष्टि गरेका छन् ।

चीनको  सैन्य अभ्यास आइतबार सकिने बताए पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीको स्वशासित टापुको भ्रमणको विरोधमा थप सैन्य अभ्यासको घोषणा गरेको छ । 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले ताइवान स्ट्रेटको वर्तमान तनावपूर्ण अवस्था पूर्णतया अमेरिकी पक्षले उक्साएको र सिर्जना गरेको बताएका छन्। यसका लागि अमेरिकी पक्षले पूर्ण जिम्मेवारी र गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।

चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले ताइवानको टापुमा आफ्नो अभ्यास जारी राख्ने र पनडुब्बी विरोधी अपरेसन र हवाई आक्रमणमा केन्द्रित रहने बताएको छ। 

अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनले आक्रमणको तयारीका लागि अभ्यास गरिरहेको जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ