- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।
फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो । मन्त्रालयले सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।