arrow

बेलबारी नगर कार्यपालिका सदस्य तोलांगीमाथि बलात्कारको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
crime-final-everytime-use.jpg

मोरङ । बेलबारी नगरकार्यपालिका सदस्यसमेत रहेका विजय तोलांगीमाथि एक महिलाले बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी दिएकी छिन् ।

उर्लाबारी घर भइ विराटनगरको एक अस्पतालमा कार्यरत ती युवतीले तोलांगीलाई आफूलाई केराबारीको जेफालेमा लगेर १९ गते बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा शनिबार उजुरी दर्ता गराएको र पीडक भनिएका तोलांगीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन् ।

तोलांगी नेपाली कांग्रेसको तर्फबाट बेलबारी नगर कार्यपालिका सदस्य नियुक्त भएका हुन् । उनी नेपाली कांग्रेसको महाधिवेशनन प्रतिनिधिसमेत हुन् । बलात्कारको आरोपका सम्बन्धमा उनले आफूलाई फसाउने खेल भएको प्रतिक्रिया दिएका छन् । 

उजुरी गर्ने युवतीसँग करिब ७ वर्षदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाह गर्ने तयारीसमेत भइरहेकोमा राजीखुशी आफूहरु जेफाले पुगेको तर कसैले फसाउन युवतीलाई उक्साएको उनको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ