arrow

चिनियाँ सीमा नजिक भारतीय सैन्य अभ्यासमा भाग लिँदै अमेरिकी सेना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
yudh-abhyas-india-america-military-excersise.jpg

काठमाडौं । अमेरिकाले चीनसँगको सीमा नजिक हुन लागेको भारतीय सैन्य अभ्यासमा भाग लिने भएको छ । भारतको उत्तराखण्ड राज्यको औलीमा अक्टोबरको मध्यमा हुने यो सैन्य अभ्यास समुद्री सतह भन्दा करिब ३ हजार ४८ मिटरको उचाइमा हुनेछ ।

उच्च उचाइमा हुने लडाइँमा केन्द्रीत यो सैन्य अभ्यासमा अमेरिकी सेनाले पनि भाग लिने भएको एक वरिष्ठ भारतीय सैन्य अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

सैन्य अभ्यास हुने भनिएको औली क्षेत्र भारत र चीनबीचको विवादित सीमा रेखा वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट करिब ९५ किलोमिटर टाढा छ ।

सन् २००२ देखि 'युद्ध अभ्यास' का नामले हुने यो सैन्य अभ्यासको १८ औं संस्करण हो । भारत र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासका रुपमा रहेको यो सैन्य अभ्यास गत वर्ष भारतको राजस्थान र अमेरिकाको अलास्कामा भएको थियो ।

सन् २०२० को जुनमा पूर्वी लद्दाखको हिमालयमा भारत र चिनियाँ सेनाबीच भएको रक्तपातपूर्ण भिडन्तपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिकको ज्यान गएको थियो ।

चीनले हालै सीमामा रहेको पाङ्गोङ त्सो तालमा पुल बनाएपछि तनाव फेरि बढेको छ । यो कदमलाई भारत सरकारले अवैध कब्जा भन्दै आलोचना गरेको छ ।

यसै वर्ष अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चार्ल्स फ्लिनले भारतको भ्रमणको क्रममा विवादित सीमा नजिक चीनको सैन्य निर्माणलाई डरलाग्दो भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ