arrow

"बीआरआई : विकास परियोजना कि चिनियाँ विस्तारवाद ?"

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
bri-project-china-dept-trap-policy-2022.jpg

काठमाडौँ। राष्ट्रिय एकता अभियानले शनिवार काठमाडौँमा  'बीआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद' विषयक गोष्ठी आयोजना गरेको छ।

नयाँ बानेश्वर स्थित अल्फा हाउसमा चीनको महत्त्वाकाङ्क्षी योजना बीआरआईका विषयमा विचार गोष्ठीमा वक्ताहरूले उक्त योजनाका विषयमा आ–आफ्नो धारणा राखेका छन्।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको अध्यक्षता मधेसी आयोगकी सदस्य रेणुदेवी साहको प्रमुख आतिथ्यमा आयोजित सो गोष्ठीमा बुद्ध छिरिङ मोक्तान, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य विनोद गुरुङ, जनता समाजवादी पार्टीका नेता कमल यादव, अधिवक्ता किरण पौडेल, अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहलगायतले विआरआई नेपालका लागि घातक हुने धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष यादवले बीआरआई नेपालीको लागि फाइदा जनक नरहेकै कारण सरकारले त्यस सम्बन्धी सम्झौता गोप्य राखेको बताए। नेपाल–चीन दुई देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता नेपाललाई ऋणमा डुबाउने चीनको षडयन्त्र भएको बताए।

के हो बीआरआई ?
सन् २०१३ मा सि जिनफिङ चीनको राष्ट्रपति भएपछि उनको नेतृत्वको सरकारले विश्व विकास रणनीतिको निम्ति बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणा प्रस्तुत गरेको थियो। २००० वर्ष अघिको ऐतिहासिक रेशमी मार्गलाई वर्तमान यूगको विचार, प्रविधि, र सांस्कृतिक आवश्यक्ता संग मेल खाने गरी उच्च तहमा विकास गर्ने, सम्बन्धित राष्ट्रहरू एकसाथ विकास, सहअस्तित्व र सांस्कृतिक उत्थानमा सहभागी हुने महत्त्वाकाङ्क्षी परियोजना हो, बीआरआई।

खास गरी आधुनिक सडक, रेल, जल र हवाई यातायात, सञ्चार, ऊर्जा, लगायत पूर्वाधार क्षेत्रको विकास, आपसी व्यापार, लगानी र सांस्कृतिक उत्थानका विषयहरू बीआरआईले समेटेको छ। यस अन्तरगत विश्वको कुल ३० प्रतिशत जिडिपी, ६२ प्रतिशत जनसङ्ख्या र ७५ प्रतिशत पहिचान भएको ऊर्जाको श्रोत रहेको छ। सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले एकसाथ काम गरेर सन् २०४९ सम्म परियोजना सम्पन्न गर्ने लक्ष रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ