पाँच दलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने निर्णय
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
1k
Shares
काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।
भागबण्डाका विषयमा भने दलहरु निचोडमा पुग्न सकेका छैनन् । कार्यदल बनाएर अगाडि बढ्नेबारेमा थप छलफल हुने बुझिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जानुअघि यो निर्णय भएको हो ।