arrow

मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट, तीन जनाको मृत्यु

logo
रासस
प्रकाशित २०७९ साउन १९ बिहिबार
current-socked.png

सप्तरी । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । 

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै, सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय  शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ