arrow

अमेरिका हैन रुस र चीन बन्दै साम्राज्यवादी 

logo
रामचन्द्र भट्ट,
प्रकाशित २०७९ साउन १८ बुधबार
biden-xi-putin.jpg

काठमाडौं । लामो समयदेखि कम्युनिष्टहरुले अमेरिकालाई सामाज्यवादी भन्दै आए । अहिले पनि साम्राज्यवादी भनेरै राजनीति गरिहेका छन् । त्यसकै पाठ विश्वलाई रुस र चीनले पढाउँदै आएका छन् । तर यथार्थ भने फरक भएको छर्लङ्ग हुँदै गएको छ । 

अहिले रुस र चीन साम्राज्यवादी बन्दै गएको स्पष्टै देखिएको छ । भन्न त अमेरिकाले जहाँ जहाँ पाइला चाल्यो वा सहयोगको हात बढायो त्यो देशलाई राज्य बनाउँछ भनेर रुस र चीनले पाठ पढाउँदै आएका छन् । तर के त्यो यथार्थ हो त ? 

दृष्टान्तले त्यो बताउँदैन । वर्षौंंदेखि हाम्रो देशलाई तिम्रो ५१ औँ राज्य बनाइदेउ भनेर बिन्ति बिसाउने धेरै थिए । जनमत संग्रहबाट अमेरिकामा गाभिन्छौँ भन्दा पनि अमेरिकाले मानेन । पोर्टोरिको, गुआम, यूएस भर्जिन आइल्याण्ड, समोआले जति गर्दा पनि अमेरिकाले समाहित गरेको छैन ।

खासमा अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन र स्टेट पार्टनरशिप प्रोग्राममार्फत देशहरुलाई आफ्नो राज्य बनाउने भनेर ब्यापक चर्चा छ । त्यो चर्चा चलाउने अरु कोही नभएर कम्युनिष्ट देशहरु रुस र चीन नै हुन् । तर के तपाईलाई थाहा छ रुस र चीनले के गरिरहेका छन् ? 

अहिले हेर्दा त अमेरिका हैन साम्राज्यवादी त रुस र चीन पो रहेछन् । रुसले स्वतन्त्र युक्रेनलाई आफ्नो देशमा गाभ्नकै लागि युद्ध गरिरहेको छ । गत फेब्रुअरी २४ देखि थालेको युद्ध अझै सकिएको छैन । थुप्रै युक्रेनी मारिसकेको छ भने भौतिक संरचनाको क्षति हेर्दा अबको केही दशक युक्रेन माथि उठ्नै नसक्ने गरी रुसले थिलोथिलो पारेको छ । 

त्यतिमात्र हैन चीन झन् खतरा बनेर आएको छ । तिब्बत, हङ्गकङ्गलाई कब्जामा लिएर नपुगेको चीनले ताइवान जस्तो स्वतन्त्र देशलाई पनि कब्जामा लिन खोजिरहेको छ । ताइवानको जनसंख्या दुई करोड ३० लाखको हाराहारीमा छ । ताइवानको छुट्टै शासन व्यवस्था छ । अलग्गै राष्ट्रपति छन् । तर यस्तो स्वतन्त्र देशलाई चीन भने तिब्बतजस्तै ठानिरहेको छ र कब्जामा लिन खाेजिरहेको छ । 

अन्य कुनै पनि देशले तिब्बत, हङ्गकङ्गमात्र हैन ताइवानका बारेमा पनि बोल्यो भने चीन सहन सक्दैन । हस्तक्षेप ठान्छ । चीनले ताइवानलाई कब्जा गर्न खोजे चुप लागेर नबस्ने संकेत अमेरिकाले दिइसकेको छ । 

चीन भने अमेरिकालाई पनि खबरदारी गरिरहेको छ । आगोसँग नखेल्न भनिरहेको छ । तर अमेरिकाले चीनको धम्कीलाई सुनेको नसुन्यै गरेको छ । मंगलबार रातिमात्र अमेरिकी तेस्रो वरियताकी सभामुख नै ठूलो चुनौती दिँदै ताइवान पुगिन् । 

चीनले हवाइ गस्ती नै गरेको थियो । तर सभामुख नेन्सी पेलोसीलाई रोक्न सकेन । उनी एयरफोर्स विमानमै ताइवानको राजधानी ताइपेई ओर्लिन् । 

उनले राष्ट्रपतिलाई पनि भेटेर बुधबार फर्किन् । अमेरिकाले जसरी युक्रेनमा रुसले आक्रमण गरिरहँदा युक्रेनको साथ दिइरहेको छ त्यसरी नै चीनले आक्रमण गरेर ताइवानलाई कब्जा गर्न खोज्दा ताइवानको पनि साथमा रहेको सन्देश दिइरहेको छ । 

अहिलेका पछिल्ला यी दुई उदाहरण काफी छन् । आखिर कुन देश साम्राज्यवादी हुन् भनेर।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ