arrow

मधेस सरकार आन्दोलनको तयारीमा

मन्त्रीले भने - सरकारले प्रहरीको कमाण्ड गर्ने अनि हामी हातमा दही जमाएर बस्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
bharatprasad-saha-madhesh.jpg

जनकपुर ।  मधेस सरकारले साउन २९ देखि सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ।  मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सो जनाकारी दिएका हुन् । 

मन्त्री साहले साउन २२ गते नेपाल सरकारका प्रतिनिधी प्रदेश प्रमुख मार्फत सात दिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए आठौं दिन देखि सडक आन्दोलन थाल्ने बताए।

मन्त्री साहले भने, सङ्घीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पुरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिन भित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिए।

मन्त्री साह आफूहरूको आन्दोलनमा अन्य छ प्रदेशको समेत साथ रहेको कुरा जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दावी गरे।

मन्त्री साहले पत्रकार सम्मेलन भने, ‘स्थानीय सरकारको नगर प्रहरी हुने, सङ्घीय सरकारले प्रहरीको कमाण्ड गर्ने अनि हामी हातमा दही जमाएर बस्ने ? ।’ 

मन्त्री साह प्रदेश प्रहरी समायोजन र सिडिओ प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानु पर्ने अन्यथा आफूहरूको आन्दोलन प्रदेश र सङ्घीय क्षेत्र सम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने जानकारी गराए।

साङ्केतिक रूपमा मन्त्री साहले चुनाव हुन नसक्ने र   मधेस सङ्घीयताको जननी रहेकाले मधेस सरकार सङ्घीयता सबलीकरणका लागि चुप भएर बस्न नसक्ने सहितको प्रतिक्रियाहरू सुन्दा मधेस सरकार आन्दोलनको मुड बनाइसकेको बुझिन्छ । 

माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका मन्त्री साह मात्र होइन यस सवालमा मुख्यमन्त्री, मन्त्री र सम्पूर्ण सांसदहरू एक ठाउँमा रहेका देखिन्छ । 

आसन्न निर्वाचनको माहौल सुरु हुँदै लाग्दा ५३ प्रतिशत जनसङ्ख्या रहेको मधेसमा हुने यस्ता गतिविधिले निर्वाचनमा असर पुग्ने छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ