नेपाल साफ यू–२० च्याम्पियनशिपबाट बाहिरियो, भारत र बंगलादेशले फाइनल खेल्ने
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
1.2k
Shares
काठमाडौं । नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार राति भएको खेलमा साविक विजेता भारतले माल्दिभ्सलाई १(–० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो ।
भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरेका थिए । यो खेलमा भारत पराजित भएको भए नेपाल फाइनलमा पुग्ने थियो ।
समूहको यो अन्तिम खेल सकिएसँगै १० अंकको बंगलादेश र ९ अंकको भारतले उपाधिका लागि फाइनल खेल्ने भएका छन् । ७ अंकको नेपाल बाहिरिएको छ ।
नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार १–१ गोलको बराबरी खेलेको थियो ।
प्रतियोगितामा नेपालले श्रीलंका र माल्दिभ्सलाई हराउँदा भारतसँग पराजित भयो भने बंगलादेशसँग बराबरी खेल्यो ।