arrow

चिनियाँ अर्थतन्त्रमा धक्का: आर्थिक मन्दीसँगै बैंकिङ क्षेत्रमा संकट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
china-banking-protest.jpg

काठमाडौं । चीनको बैंकिङ नियामकले बिहीबार साना ऋणदाताहरू बीचको आपराधिक गतिविधिलाई रोक्ने प्रतिबद्धता गरेको छ । ग्रामीण बैंक संकटलाई सम्बोधन गर्नका लागि भनिएकाे याे नयाँ प्रतिबद्धताले विरोध सिर्जना गरेको छ भने यसले पार्टीको २० औं महाधिवेशनअघि वित्तीय स्थिरताको विषयमा चिन्ता बढाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको झन्डै एक तिहाइ बैंकिङ हिस्सा साना र मझौला आकारका बैंकहरूले ओगटेका छन् । तर, चाइना बैंकिङ एण्ड इन्स्योरेन्स रेगुलेटरी कमिसन (सीबीआईआरसी) का अनुसार समयसँगै यसले ठूलो जोखिम पनि खडा गरेको छ ।

समस्या समाधान गर्ने प्रयास स्वरुप आयोगले शेयरधारकहरू र साना बैंकहरूबाट पैसा ठगी गर्ने कार्यकारीहरूमा ध्यान केन्द्रित गर्दै इक्विटी र जोडिएको लेनदेनमा नियामक क्ल्याम्प डाउन गर्न थालेको सीबीआईआरसीका प्रवक्ता क्यू जियांगले बताएका छन् ।

नियामकहरूले साना बैंकहरूलाई पनि आफ्नो पूँजीको मात्रा र गुणस्तर सुधार गर्न विदेशबाटसमेत पूँजी लिन प्रोत्साहित गरिरहेका छन्। चीनको साना र मध्यम आकारका बैंकहरूको समग्र सञ्चालन स्थिर रहेको तर नियामकले सार्वजनिक बचत जोगाउन र जोखिम हटाउन काम गरिरहेको प्रवक्ता क्यूले बताएका छन् ।

हेनान प्रान्तका चार र छिमेकी आन्हुइमा रहेको एउटा बैंकको निक्षेप अप्रिलको मध्यदेखि रोकिएको छ । यसले असन्तुष्ट ग्राहकहरूलाई विरोधमा निम्त्याएको छ। जम्मा भएको कोषको मूल्य ४० बिलियन युआन अनुमान गरिएको छ । केही निक्षेपकर्ताहरूले आफूले गरेको जीवनभरको बचत गुमाएको डर पोखेका छन् ।

अधिकारीहरूले एक निजी वित्तीय समूहले उच्च फिर्ती सम्पत्ति व्यवस्थापन उत्पादनहरूको वाचा गरेर जनतालाई भ्रमित गरेको आरोप लगाएका छन् ।

दुवै प्रान्तका स्थानीय नियामकहरूले गत हप्ताको अन्त्यमा ५० हजार युआनसम्मको निक्षेपको साथ ग्राहकहरूलाई फिर्ता गर्न थालेको छ । यसअघि दुई प्रान्तहरूले अर्को सोमबारदेखि एक लाख युआनसम्म जम्मा भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने घोषणा गरेको थियो ।

'सान्दर्भिक कामले निरन्तर प्रगति गरिरहेको छ,' क्यूले भनेका छन् ।

बैंकिङ नियामकमा तथ्याङ्क तथा जोखिम अनुगमन विभागका अधिकारी लिउ झोङ्रुईले चीनको आर्थिक मन्दीसँगै वित्तीय जोखिमहरू देखा परेको बताएका छन्।

उनले भने, 'स्वदेश तथा विदेशको जटिल अवस्थाका कारण आर्थिक क्षेत्रमा क्रमशः गिरावटको दबाब परेको छ । केही नयाँ समस्याहरू पुरानासँग गाँसिएका छन् ।'

'उच्च जोखिमको छाया बैंकिङले तथाकथित इनोभेसनको ब्यानर मुनि पुनरागमन पनि गर्न सक्छ,' उनले ब्यालेन्स शीट ल्यान्डिङलाई उल्लेख गर्दै भनेका छन् ।

चीनको कूल गार्हस्थ उत्पादन दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा कम भएको छ । बेइजिङको शून्य कोभिड नीतिका कारण उत्पन्न अवरोधका कारण एक वर्ष अघिको तुलनामा ०.४ प्रतिशतले मात्रै बढेको छ ।

यस वर्षको अन्त्यमा हुने पार्टी महाधिवेशन जसमा राष्ट्रपति सी चिनफिङले ऐतिहासिक रुपमा तेस्रो कार्यकालको लागि शपथ लिने अपेक्षा गरिएको छ, त्यसअघि केन्द्रीय सरकारले स्थायित्व सुनिश्चित गर्न कदम चाल्दै अर्थतन्त्र सुस्त हुँदा वित्तीय र आर्थिक जोखिमको पुनः उदयको बारेमा चेतावनी दिएको छ ।

अर्थ मन्त्रालयको हेनान शाखाले मंगलबार एक अनलाइन लेखमा सम्पत्ति र ऊर्जा क्षेत्रहरूमा जोखिम रोकथाम, कर्पोरेट बन्ड डिफल्ट, साना र मध्यम आकारका बैंकहरूमा खतराहरू साथै रोजगारी सुनिश्चित गर्न केन्द्रित हुने बताएको छ।

यसले जोखिम व्यवस्थापनमा सुधार गर्ने र वित्तीय समस्यालाई अन्य क्षेत्रमा फैलिनबाट रोक्ने वाचा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ