arrow

पानी तान्ने मोटर खोल्ने क्रममा करेन्ट लागेर शत्रुहनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
current-socked.png

सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा आज साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । 

लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ