arrow

एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन सरकारलाई निर्देशन दिन सभामुखसँग भीम रावलको अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
bhim-rawal-2079-04-05.jpg

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको नेपाल सदस्य कुनै पनि हालतमा बन्न नसक्ने भन्दै तत्काल अमेरिकालाई पत्र लेख्न माग गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्दै रावलले गत असार ५ गते नै सरकारले एपीपीको नेपाल सदस्य बन्न नसक्ने भनी मन्त्रिपरिषदले निर्णय गरेर परराष्ट्र मन्त्रालयलाई पत्र लेख्न भने पनि अहिलेसम्म पत्र नलेखिएको भन्दै तत्काल पत्र लेखेर संसदलाई जानकारी दिन निर्देशन दिन पनि सभामुखलाई अनुरोध गरेका छन् । 

उनले मन्त्रिपरिषदले निर्णय गरिसकेको विषयलाई परराष्ट्र मन्त्रालयले अल्झाएर राख्नुको कारणबारे शंका व्यक्त गर्दै कतै यसमा प्रधानमन्त्री शेरबहादुर देउवाकै भूमिका त छैन ? भनी प्रश्न गरेका छन् । 

डा. रावलले सरकारले गरेको निर्णयको ३२ दिन भइसक्दा पनि पत्र नपठाउनु पछाडि पक्कै पनि कुनै षड्यन्त्र रहेकोसमेत आरोप लगाएका छन् । 

परराष्ट्र मन्त्रालयले भने पत्रको अध्ययन गरिरहेको जिकिर गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ