arrow

अग्रज साहित्यकार खनालको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
kul Pd khanal.jpg

पोखरा । अग्रज साहित्यकार कुलप्रसाद खनालको निधन भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनालको ७८ वर्षको उमेरमा निधन भएको हो । 

खनाल लामो समयदेखि दम प्रोस्टेड र उच्च रक्तचापको बिरामी थिए । उनले नेपाली प्रगतिशील सिर्जना र समालोचनामा महत्वपूर्ण योगदान पुर्याएका थिए । 

तनहुँको चुँदी सिम्पानी निवासी खनाल हाल पोखरा महानगरपालिका वडा नं. ५ राधाकृष्ण मार्गमा बस्दै आएका थिए । 

खनालले नेपाली साहित्यमा स्तातकोत्तर र संस्कृतमा शास्त्री गरेका थिए ।

साहित्य र शिक्षाको क्षेत्रमा दर्जनौं पुरस्कार पाएका खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्ष थिए ।

खनालका पाँच वटा कृति प्रकाशित छन् भने केही कृति प्रकाशोन्मुख छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ