arrow

पोखरामा १३ वर्षकी बालिका बलात्कृत, पर्वतका खिम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
khim bk.jpg

पोखरा । पोखराको लभ्लीडाँडामा शुक्रबार राति १३ वर्षकी एक बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई ललाई फकाइ बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं. ६ दुर्लुङ घर भइ हाल पोखरा १३ बस्ने वर्ष २४ का खिमबहादुर बिक रहेका छन् । 

विकलाई ३२ गते बिहान करिब ४ बजे पोखरा-५ को वडा कार्यालय नजिकैबाट पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

पक्राउ परेको विकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

कास्की प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचार पश्चात् अभिभावकको जिम्मा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ