arrow

धिरजप्रताप सिंह पूर्ण रुपमा आईजीपी बन्न सफल, पोखरेलको रिट खारेज  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
dhiraj-shing-igp.PNG

काठमाडौं । सर्वोच्च अदालतले आईजीपी नियुक्ति विरुद्धको सबै रिट खारेज गरेको छ । नेपाल प्रहरीको आईजीपीमा धिरज प्रताप सिंहलाई गरिएको नियुक्त कानूनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको हो ।

धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनी पूर्ण रुपमा आईजीपी भएका छन्  । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको शुक्रबारको संयुक्त इजलासले सिंहलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो ।

शुक्रबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारकी निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो । 

वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।

मुद्दा दायर गरेपछि उनी काममा फर्किएका छैनन् । उनको रिट खारेज भएपछि उनले राजीनामा दिने सम्भावना रहेको छ । पोखरेलको कार्यकाल एक महिनामात्र बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ