arrow

पोखरीमा डुबेको अवस्थामा बालकको शव भेटियो

logo
रासस
प्रकाशित २०७९ असार ३१ शुक्रबार
death_1618213452.jpg

महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेको अवस्थामा एक बालकको शव भेटिएको छ ।

लोहारपट्टी नगरपालिका वडा नं. ४ बरथटोलस्थित शिवजी पोखरीमा डुबेका अवस्थामा गएराति बालकको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव भेटिएको हो । 

बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ