arrow

पोखरीमा डुबेर दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
child-death-sink-pond.jpg

सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका-५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ  । 

अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

यसैगरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ५ मुसहरीको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लुराइ सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ