arrow

पौडी खेल्दा बेपत्ता भएका बालक मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
death_1618213452.jpg

लमजुङ । मध्यनेपाल नगरपालिका वडा नं. ६ रामबजारस्थित शनिबार मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिश विक मृत फेला परेका छन् । 

आइतबार तनहुँको व्यास नगरपालिका वडा नं. १० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । 

उनले भने, “हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा भेटियो ।” 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शव परीक्षणका लागि तनहुँको दमौली अस्पताल लगेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ