arrow

नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कारबाट ढकाल र सुवेदी सम्मानित

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असार २५ शनिबार
samman-sahitya-2079.jpg

मोरङ ।  डा नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार २०७८ बाट कवि तथा समालोचक डा विप्लव ढकाल र डा नरेन्द्र चापागाई स्मृति युवा प्रतिभा पुरस्कार २०७८ बाट कवि रेखा सुवेदी सम्मानित भएका छन् ।

शनिबार बेलबारीस्थित नगरपालिकाको सभाहलमा आयोजना भएको पुरस्कार समर्पण तथा कवि गोष्ठी कार्यक्रमकोबीचमा उक्त पुरस्कार वितरण भएको हो । कवि तथा समालोचक डा विप्लव ढकाल नगद रु २१ हजार र कवि रेखा सुवेदी नगद रु ११ हजार १ सय ११ सहित सम्मानित भएका हुन् । 

कार्यक्रममा प्राडा टंकप्रसाद न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विश पोखरेल लगायत साहित्यकारहरुको सहभागीता रहेको थियो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, उक्त पुरस्कारकी संरक्षक सरला चापागाई लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । 

डा नरेन्द्र चापागाँई स्मृति प्रतिष्ठान विराटनगरको आयोजनामा उक्त कार्यक्रम भएको हो । निर्जन बन्दरगाह, कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी र च्याउको जंगल डा विप्लव ढकालका बहुचर्चित कविता संग्रह मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ