arrow

हिमालयन भीगन महोत्सवले पर्यटन प्रवर्द्धन गर्ने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
vigin.jpg

बागलुङ । हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसार-प्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वर्ल्ड भीगन अर्गनाइजेशनले यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी गराएको हो । नेपालमै पहिलो पटक गर्न लागिएको सो महोत्सव काठमाडौँ, लुम्बिनी र पोखरामा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहनेछ । तीन चरणमा हुन लागेको सो महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ गतेसम्म काठमाडौँस्थित सोल्टी होटलमा र असोज २ देखि ४ गतेसम्म पोखरास्थित होटल ग्राण्ड बिरौटामा हुनेछ । 

शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैली प्रवर्द्धनसँगै नेपाललाई ‘भेगन डेष्टिनेशन’को रुपमा समेत प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेशनका महासचिव अजित थापाले जानकारी दिए ।

उनका अनुसार महोत्सवका आकर्षणमा एकसयभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताका ज्ञान तथा अनुभव आदानप्रदान,भीगन खानाका कक्ष, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तक्रिया, चलचित्र प्रदर्शनी, भीगन दूध, दही मासु, चिज, केक तथा मिठाई बनाउने कार्यशाला कक्षा, योग फिटनेश अभ्यास, भीगन च्यालेन्स र मनोरञ्जनात्मक गतिविधि महोत्सवको आर्कषकको रुपमा रहनेछन् ।

महोत्सव अवलोवकन निःशुल्क गर्न पाइने छ भने महोत्सवभित्रका खानपानलगायत सेवा सुविधा उपभोग गर्न भने रु १० हजार तिर्नुपर्ने उनले बताए । भेगन अर्गनाइजेशनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपानले कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबैप्राणीप्रति दया माया र करुणामय व्यवहार अवलम्बन गर्ने, जीवनशैली र भीगनवादको बारेमा जानकारी गराएका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पछिल्लो समय मानिसको खानपान र जीवनशैलीले मानवीय जीवनमा चुनौती थपिँदै गएको जनाउँदै भेगन महोत्सवले मानवीय जीवनमा यसको महत्वलाई उजागार गर्ने र पोखरालाई भेगन गन्तव्यको रुपमा चिनाउन पनि थप मद्दत पुग्ने बताए । उनले पोखरा आसपासका कुनै एक गाउँको प्रवर्द्धनका लागि भेगन होमस्टे बनाएर विश्वका भेगनिस्मलाई आर्कषण गर्न सकिने उल्लेख गरे । अध्यक्ष भटृराइले पोखरामा हुने भेगन महोत्सवलाई पोखरा पर्यटन परिषद् सहकार्य गरेर अघि जान तयार रहेको धारणा राखे । 

कार्यक्रममा रेवानका पूर्वअध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको पर्यटन प्रवर्द्धनमा भेगन महोत्सवले थप टेवा पुर्याउने विश्वास व्यक्त गरे । मानिसको स्वाभाव बदल्नलाई कुनै पनि विषयको बारेमा ज्ञान महत्वपूर्ण हुने जनाउँदै उनले स्वस्थ जीवनशैली, शाकाहारी, अहिंसाले करुणामय जीवन आत्मसात् गर्न सिकाउने भएकाले यो महोत्सव सहयोगी हुने धारणा व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ