arrow

करेन्ट लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
current-socked.png

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका वडा नं. ८ देउरीका ६५ वर्षीय मन्तु चौधरीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ