arrow

एकै पटक १९ सहसचिवको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । सरकारले एकै पटक १९ जना सहसचिवको सरुवा गरेको छ । लामो समयदेखि अतिरिक्त समूहमा राखिएका सहसचिवहरूले पनि यसपटक जिम्मेवारी पाएका छन् । तर मन्त्रालयले अझै पनि पाँच जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । सहसचिव र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारीहरुको सरुवा गर्न मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्छ । तर सहसचिवहरूको काज अथवा कामकाज सरुवा भने मन्त्रीतहको निर्णयबाट गर्न सकिने कानूनमा व्यवस्था छ । 

कसैलाई थन्क्याउनु पर्यो भने अतिरिक्त समूहमा राख्ने गरिन्छ । थन्क्याउन चाहेमा सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा र सहसचिवहरुलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राख्ने गरिएको छ । 

मन्त्रालय स्रोतका अनुसार खानेपानी मन्त्रालयमा कार्यरत सहसचिव ज्ञानप्रसाद ढकाललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । उनको ठाउँमा संघीय मन्त्रालयबाट शोभाकान्त पौडेललाई लगिएको छ । 

पौडेल एक महिना भन्दा लामो समयदेखि मन्त्रालयमा थिए । उनलाई जिम्मेवारी दिइएको थिएन । यसैगरी सुरेश राउतलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ । दिपक घिमिरेलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा नमराज घिमिरेलाई वन तथा वातावरण मन्त्रालय लगिएको छ । 

घिमिरे पछिल्लो समय यातायात व्यवस्था विभागको महानिर्देशक थिए । उनको पालामा गण्डकी र बागमती प्रदेशको हकमा सबै सवारी साधनमा इम्बोस्ड प्लेटलाई अनिवार्य गर्न सरकारले प्रयास गरेको थियो । 

यस विषयमा चर्को विरोध भएपछि सरकार आफ्नो निर्णयबाट केही पछि हटेको छ । यसैगरी निश्चलराज पाण्डेलाई राष्ट्रिय दलित आयोग र नारायणप्रसाद सापकोटालाई संघीय मामिला मन्त्रालयमा लगिएको छ । 

रेखा कँडेलललाई सञ्चार मन्त्रालयमा लगिएको छ । पछिल्लो समय कँडेल संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमा कार्यरत थिइन् । वन मन्त्रालयमा कार्यरत गोपाल अर्याललाई गृह मन्त्रालयमा लगिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ